2024-05-04

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचारी सरकार’ भन्दै मुख्यमन्त्रीकै अगाडि प्रदर्शन गरेका छन्।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार आफू नेतृत्वको सरकारले एक वर्षको अवधिमा गरेको कार्यको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा सत्ता साझेदार जनमत पार्टी कार्यकर्ताले विरोध जनाएका हुन्।

महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सरकारका उपलब्धि सार्वजनिक गरेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिन लाग्दा जनमत पार्टीका सचिव बीपी साहको नेतृत्वमा कार्यकर्ताले ‘भ्रष्टाचारी सरकार’ भन्दै प्रदर्शन गरेका हुन्। उनीहरूले साइकल वितरणमा अनियमितता गर्नेहरूलाई कारबाही गर्न पनि माग गरे।

जनमतका कार्यकर्ताले नाराबाजी गरिरहँदा मुख्यमन्त्री यादवले शान्त रहन पटक पटक आग्रह गरेका थिए। मुख्यमन्त्री यादवसँगै मञ्चमा रहेका जनमत पार्टीका नेताद्वय श्रममन्त्री चन्दन सिंह र शिक्षामन्त्री महेशप्रसाद यादव चूपचाप हेरिरहेका थिए। निकै बेर नाराबाजी गरेपछि जनमतका कार्यकर्ता आफैं बाहिर निस्केका थिए।

मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारमा कुनै पनि प्रकारले अनियमितता नभएको जिकिर गरे। “जनमत पार्टी कुन नैतिकताले सरकारमा बसेको छ। सरकारमा पनि बस्ने, विरोध पनि गर्ने, भ्रष्टाचारी सरकारमा किन बस्नुपर्‍यो,” मुख्यमन्त्री यादवले भने।

यस्तै, मन्त्रिपरिषद्ले प्रदेशको नामकरण र राजधानी तोकिएको दिनलाई मधेश स्वाभिमान दिवस मनाउने निर्णय गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds