2024-03-28

Close

काठमाडौं । जनता समाजवादी पार्टी अघोषित रुपमा फुटेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको रडाकोले पार्टी अघोषित रुपमा फुटेको हो । निर्वाचन आयोगमा ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निवेदन परेपछि जनता समाजवादी पार्टी (जसपा) मा भने तरंग ल्याइदिएको छ ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईनिकट युवा नेताहरूले समावेशी लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन दिएपछि जसपाको विवाद थप उत्कर्षमा पुगेको हो । भट्टराईनिकट फणिन्द्र देवकोटाको पहलमा उक्त पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको हो ।

अर्थमन्त्री हुँदा भट्टराईको सचिवालयमा काम गरेका देवकोटा जसपाको केन्द्रीय कार्यालयमा कार्यरत थिए । त्यसैले उनै देवकोटालाई नेतृ हिसिला यमीले सहयोग गरेको चर्चा पनि जसपामा चलेको छ ।

निर्वाचन आयोगका एक कर्मचारीका अनुसार जसपाका नेताहरूको निरन्तरको पहल र ताकेताका कारण उक्त पार्टी छिटो दर्ता भएको हो । आउँदो स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पनि दर्ता हुने गरी समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको छ ।

दर्ताका लागि प्रस्तावित पार्टीको केन्द्रीय कमिटी २७ सदस्यीय हुनेछ । त्यसमा अध्यक्ष र महासचिवसहित सात जना पदाधिकारी प्रस्ताव गरिएको छ । प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना महिला र १६ जना पुरुष रहेका छन् । अध्यक्षमा नुवाकोटका दीपक लामिछाने, उपाध्यक्षमा रुपी श्रेष्ठ र लालबाबु प्रसाद साह र महासचिवमा सिर्जना पोखरेल रहेकी छिन् ।

भट्टराईनिकट नेता नवराज सुवेदीले भने नयाँ पार्टी दर्ताका विषयमा आफूलाई थाहा नभएको बताए । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच अन्तरविरोध बढ्दै गएको छ । उनीहरूबीच विवाद साम्य बनाउने प्रयास स्वरुप गत आइतबार साँझ लामो छलफल भएको थियो ।

जसपाका शीर्ष पाँच नेताहरू उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र महिन्द्रराय यादवबीच झण्डै ४ घण्टा छलफल भएको थियो । तर, विवाद समाधानको उपाय भने पहिलिएको थिएन ।

बाबुराम भट्टराईले क्लष्टरवाइज तीन अध्यक्ष बनाउनुपर्ने तर्क गरेको छलफलमा श्रेष्ठले भने उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।आइतबार साँझ लामो संवाद गरेका यादवलगत्तै जनकपुर गएका थिए । सुवेदी शीर्ष नेताहरूबीच संवाद हुन थाले पनि प्रगति नभएको भने स्वीकार गर्छन् । उनका अनुसार नेताहरूबीच संवाद भए पनि अडानबाट कोही पनि पछि हटेका छैनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds