2024-05-15

Close

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार मधेश एथलेटिक्स संघको अध्यक्षमा महिला अध्यक्ष भएका छन् । जनकपुरधाममा भएको गठनमा अध्यक्षमा नेपालमै पहिलो पटक महिला अध्यक्ष भएका छन्।

रा.रा.व क्याम्पस जनकपुरका शारीरिक शिक्षा विषय शिक्षक इन्द्र कुमार यादवको अध्यक्षता तथा खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख आतिथ्यमा र पूर्व मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको विशिष्ट अतिथीमा सम्पन्न भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मतबाट पुष्पा यादवलाई मधेश प्रदेशको अध्यक्षमा चयन गरेको जनाइएको छ ।

त्यसैगरी उपाध्यक्षमा विनोद कुमार कामति, सचिवमा राकेश साह, स-सचिवमा दिलिप कुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अंशु सिंह, सकुन्ताला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राम भरोसि कामती, राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल, निलम यादव, गौतम झा रहेको छ ।

त्यस्तै सल्लाहकारमा इन्द्र कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साहलाई राखिएको छ ।

भेलाको उद्घाटन सत्रमा पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव, मिडिया काउन्सिलका अध्यक्ष कैलास दास, नेपाल एथलेटिक्स संघको केन्द्रिय सदस्य शेलेन्द्र पाण्डेय र आठे जिल्लाबाट लिल्ला एथलेटिक्स संघको पदाधिकारि लगायत दर्जनौँ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds