अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आगो बालेका छन् ।
जनकपुरधाम–शहिदनगर सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बालेका हुन् । शहिदपथमा विहानैदेखि नारावाजी गर्दै विद्यार्थीहरुले प्रधानाध्यापक सरुवाको विरोधमा आगो दन्काएका हुन् ।
प्रधानाध्यापक मदन कुमार महरालाई सो विद्यालयबाट राजनीतिक पूर्वाग्रह साध्न सरुवा गर्न लागेको भन्दै बालबालिकाहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुर–यदुकूहा सडक तनावग्रस्त बनेको छ ।
“मदर सरको सरुवा बदर गर, हामीलाई मदन सर चाहियो” नारासहित विद्यार्थीहरुले जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख र स्थानीय नेताहरुको विरोधमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।