2024-04-28

Close

जनकपुरधाम । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति जनकपुरधाममा आयोजना हुन लागेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।

भोलिदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिएको छ ।

मैथिली विकास कोषको आयोजनामा हुन लागेको महोत्सव माघ १८ गतेदेखि २२ गतेसम्म चल्नेछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जनाएको छ ।

उनले पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमको आयोजना हुने बताए ।

महोत्सवमा नेपाल र भारतको कलाकारहरुले नौ वटा नाटक प्रदर्शन गर्नेछ ।

महोत्सवमा सबै राजनीति वरिष्ठ नेताहरुलाई समेत आमन्त्रण गर्ने गरिएको छ ।

नेपाल र भारतका विद्धान, विदूषि, सामाजिक अभियन्ता, रंगकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताए ।

यस पटक महोत्सव नयाँ तरिकाले डिजाइन गरिएको बताइएको छ । महोत्सव अवधिभर हुने करिब २१ वटा विमर्श सत्रमा जनकपुर गाथा जसमा जनकपुरधामको निर्माताहरु उपर विशेष विमर्श हुने, मिथिला साहित्य कला, यहाँकी सफल महिलाहरुको सफतलाको कथा प्र्रस्तुति, युवाको अवस्था लगायतका विषय उपर विमर्श हुनेछ । यस्तै ‘नव घरउठय पुरान घर ‘?’, ‘सामाजिक सञ्जाल की जञ्जाल‘?’, ‘मिथिला मधेश उर्वर की जर्जर‘?’, ‘भाषा एक नाम अनेक’, ‘मिथिलामे सीमान्त’लगायतको विषयमा विमर्श हुनेछ ।

कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भईरहेको छ ।

महोत्सवमा ५२ लाख खर्च हुने अनुमान रहेकोमा २० लाख उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले र ८ लाख उपमहानगर तथा बाँकी रकमको व्यवस्थापन कोषले गर्ने कोषका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds