2024-04-25

Close

विपिन कुमार यादव,जनकपुरधाम,८ चैत ।धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित रहेकाे कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले आज (शनिबार) उक्त क्रसर उद्योगमा अगुगमन गर्दा अबैध रुपमा संचालन गर्दै आएकाे भेटिएपछि क्रसर उद्योग संचालक महतो पक्राउ परेका हुन् ।

गणेशमान चारनाथ नगरपालिकाका अनुसार महताेले झन्डै तीन वर्षदेखी कुनै प्रकारको कर नतिरेको र झुठो बोल्दै सरकारी जग्गा कब्जा गरेर गैर कानूनी रुपमा उद्योग संचालन गर्दै आएका छन् । महतोलाई नगरपालिकले बारम्बार मौखिक र लिखित जानकारी गराउँदा पनि वेवास्ता गरेकाे नगर प्रमुख रामबाबू यादवले जानकारी दिनुभयाे ।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाका अनुसार आफूहरुले यो उद्योगलाई नवीकरणको लागि आग्रह गर्दा अटेर गरेको र सोध खोज गर्दा उद्योग बंद रहेको भन्दै महताेले झुठो बोल्दै आएका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको प्रतिनिधित्वमा उक्त क्रसर उद्योगमा अगुगमन गरिएकाे थियाे ।

अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख रमेश कुमार बश्नेत, शसस्त्र प्रहरी बल जनकपुरका प्रहरी उपरीक्षक राजेश उप्रेती, नेपाली शेना महेंद्र नगर गणका प्रमुख रूपखेती, सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेल, गणेशमान चारनाथ नगर पालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि सहित उपस्थिति थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds