2024-04-29

Close

किशोर मण्डल                                           जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ८ ठिल्ला स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । Lily Leaves Social Enterprises ललितपुरका संस्था र सबैला नगरपालिकाका बहुक्षेत्रीय पोषण शाखाको सहजकर्ता मो. सेराजुल आलमको सहयोग तथा वडा अध्यक्ष सेराजुल राईनको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको संस्थाका सीईओ लिली कटुवालले जानकारी दिए ।‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ । अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’झोला वितरण गर्दै संस्थाका सीईओ कटुवाललेले भने ।

आधारभूत विद्यालय ठिल्लामा अध्ययनरत छात्र/छात्रालाई २ सय २५,मदरसा दारुल होदा, मदरसा नजबुल होदा, मदरसा समसुल होदा, मदरसा मखनाहा लगायत शैक्षिक संस्थाहरुमा जम्मा ६५० बालबालिकालाई झोला वितरण गरिएको युवा अभियन्ता कयुम राईनले जानकारी दिए । हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको उनले उल्लेख गरे । झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक दिनेश कुमार रायको विश्वास छ । झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे । आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोग प्राप्त भइरहोस भन्ने अपेक्षा व्यक्त गरे । हाल सामुदायिक बिद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचि लाई पनि यस किसिमको सहयोगबाट बिद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक बिद्यालय प्रति आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । झोला वितरण गर्ने कार्यक्रमको अध्यक्षता सबैला नगरपालिकाका कार्यपालिका सदस्य सकिला खातुनले गरेका थिए भने प्रमुख अतिथि उपप्रमुख रहिमा खातुन रहेको थियो । सो कार्यक्रममा नेपाली काँग्रेसका धनुषा जिल्ला सह सचिब साकिर राइन लगायतका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds