

बृषेेश कुमार शर्मा
जनकपुरधाम । साक्षर नेपालले भदौ २१ गते आनन्द चतुर्दशि (बोलबम) को शुभ अवसरमा कविता तथा चित्रकला प्रतियोगिता आयोजन गर्ने भएको छ ।




साक्षर नेपाल द्वारा “सवैको लागी शिक्षा, सधैंको लागी शिक्षा” कार्यक्रम अन्तर्गत सवैला नगरपालिकाको रघुनाथपुरमा सञ्चालन हुदै आएको १८ औं साप्ताहिक कक्षामा करीब दुई सय सहभागीलाई प्रशिक्षण दिनुहुँदै साक्षर नेपालको संस्थापक अध्यक्ष विनोद कुमार पालले यहीँ आउदो शनिबार भदौ २१ गते आन्नद चतुर्दशी (बोलबम) को अवसरमा “हाम्रो सुन्दर गाउँ रघुनाथपुर” शिर्षकमा कविता वाचन तथा चित्रकला प्रतियोगिता आयोजना हुने, जानकारी दिनुभयो ।

प्रतियोगितामा साप्ताहिक कक्षामा सामेल भएका बालबालिका बाहेक साविक गा.वि.स. रघुनाथपुर भित्र स्थायी बसोबास गर्ने कक्षा १० सम्मको वालवालिकाले पनि कुनै एउटा बिधामा भाग लिन पाउने छन, उहाँले समाजिक संजालमा सुचना पोस्ट गर्नुभएको छ ।
“हाम्रो सुन्दर गाउँ रघुनाथपुर” शिर्षकमा १६ लाईन देखी २० लाईन सम्मको नेपाली वा मैथिली भाषामा मौलिक कविता रचना तथा चित्रकला बिधामा भाग लिने प्रतियोगीहरुले रघुनाथपुर गाउँको मौलिकता झल्किने मठमन्दिर, दरबार, पोखरी, नहर , बिधालय, बजार लगायतको सौन्दर्य चित्रात्मक अनिवार्य रुपमा गर्नुपर्ने छ ।
कार्यक्रममा रघुनाथपुर गाउँका शिक्षाप्रेमी, समाजसेवी तथा बुद्धिजीवी मध्येबाट चयन निष्पक्ष निर्णायक मण्डल द्वारा सहभागी दुईटै विधाको प्रतियोगिहरु मध्ये १० जना लाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी पुरस्कारको लागी छनोट गरिने, संस्थाको सचिव एवं प्रशिक्षक राम कुमार राउतले बताउनुभयो ।
यस कार्यक्रमको आयोजनाले हाम्रो बालबालिकामा मौलिक संस्कृति तथा मातृभुमी (गाउँ) प्रति मायाको प्रेरणा बढ्ने लगायत बालमनोविज्ञान अझै परिष्कृत हुन आउने छन, स्थानिय समाजसेवी बिनोद साहले वताउनु भयो । उहांले साक्षर नेपालले यस्तो राम्रो कार्यक्रम आयोजना गर्न लागेकोमा धन्यवाद दिँदै स्थानिय सवै अभिभावक बर्गलाई आफ्नो वालवालिकालाई प्रतियोगितामा सहभागी गराउन अनुरोध गरे ।
जिल्ला प्रशासन कार्यालय धनुषा बाट सिमान्तकृत समुदायमा साक्षरता अभिवृद्धि गर्ने उदेश्यले बिगत २५ बर्षदेखी समाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको स्थानिय समाजसेवी समाजिक अभियन्ता बिनोद कुमार पालले स्थानिय सामाजिक कार्यकर्ताहरु संग हातेमालो गर्दै साक्षर नेपाल समाजिक संस्थाको रुपमा दर्ता गराए । हाल सवैला नगरपालिका अन्तर्गत रहेको आफ्नै गाउँ रघुनाथपुर बाट सुरुवात गरी जिल्लाभरी साक्षरता अभियान तथा कार्यक्रमहरु संचालन गर्ने वहाँको उदेश्य रहेको छ ।