2024-05-04

Close

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले स्वास्थ्य मन्त्रीले उम्मेदवारको सिफारिस गरेर नपठाउँदा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ढिलाइ भएको बताएका छन् ।

‘स्वास्थ्य मन्त्रीले म कहाँ सिफारिस गरेर पठाएको भोलिपल्टै उपकुलपति नियुक्त गरेर पठाइदिन्छु । ढिलाइ उतै भएको छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवले अनलाइनखबरसँग भने ‘अब दुई/तीनदिन भित्रै मेरो हातमा सिफारिस आइपुग्छ । म नियुक्ति गरिदिन्छु ।’

मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले आफ्ना मान्छेलाई उपकुलपति बनाउन हानथाप चलिरहेको कारण नियुक्तिमा ढिलाइ भएको समाचार अनलाइनखबरले सार्वजनि गरेको थियो ।

मुख्यमन्त्री यादवले उपकुलपति सिफारिसका लागि आफूले कुनै हस्तक्षेप नगरेको समेत दाबी गरे । स्वास्थ्यमन्त्री सिंह कांग्रेसका हुन् ।

कांग्रेसको विभिन्न अधिवेशन लगायतको विभिन्न कार्यक्रमले उपकुलपति सिफारिसमा विलम्ब गरेको, तर अब चाँडै आफ्नो हातमा सिफारिस आइपगेर नियुक्ति गरिने मुख्यमन्त्री यादवको भनाइ छ ।

२५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भए पनि १० महिना बित्न लाग्दासमेत पद रिक्त छ ।

उपकुलपतिको अभावमा तीनपटक गरेको करार कर्मचारी भर्ना विज्ञापन अनुसार भर्ना लिन नसक्दा प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुर र पठनपाठनमा समस्या भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आहृवान गरेको थियो । १५ र २१ कार्तिकमा ९ उम्मेदवारको नामावलीको दरखास्त परेको नामावली प्रकाशन गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार दरखास्त दिएका डा. विद्यानाथ यादव (सप्तरी) जसपा अध्यक्ष उपेन्द्र यादका सम्धी हुन् । डा.रमेशप्रसाद सिंह (सर्लाही) स्वास्थ्यमन्त्री सिंहका जिल्लावासीसँगै निकटस्थ हुन् भने प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. अंकुर साह निमित्त उपकुलपति पनि छन् ।

मुख्यमन्त्रीले उपेन्द्रका सम्धी विद्यानाथ र स्वास्थ्य मन्त्रीले रमेश प्रसादलाई बनाउने स्वार्थमा विवाद हुँदा ढिलाइ भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

तर, मुख्यमन्त्री यादवले उपेन्द्र यादवको सम्धीलाई उपकुलपति बनाउन कुनै भूमिका नखेलेको दाबी गरे ।

‘उपेन्द्रजीको सम्धीको सिफारिस गर्न मैले कहिल्यै भनेकै छैन । मन्त्रालयको स्वास्थ्य समितिले सिफारिस गरेकोबाट जसको नाम १ नम्बरमा आउँछ । म उनैलाई उपकुलपतिमा नियुक्ति गर्छु’ मुख्यमन्त्री यादवले भने, ‘म मुख्यमन्त्री हुँदा पनि कुनै पनि मन्त्रालयमा इनरफेयर गरेको छैन ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds