2024-05-04

Close

जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा सुविधा बन्द भएको छ । माघदेखि सांसद शर्माको सेवा सुविधा बन्द गरिएको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ ।
महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असई विकको हत्या प्रकरणमा शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो । प्रदेश सभा सचिवालयले १४ माघमा एक व्यक्तिले सांसद शर्माविरुद्ध अदालतले गरेको जन्मकैदको फैसलासहित सेवा सुविधा तथा पद निलम्बनसहितको उजुरी दिइएपछि सचिवालयले उनको सेवा सुविधा बन्द गरेको हो । शर्माले पुस मसान्तसम्मको सेवा सुविधा पाइसकेका छन् ।

सांसद पदबाट अझै भएनन् निलम्बन सेवा सुविधा रोकिए पनि सांसद पदबाट उनी अझैसम्म निलम्बनमा भएका छैनन् । अदालतबाट फैसलासहितको पत्र सचिवालयमा आएपछि वा फैसला उच्च अदालत जाने म्याद समाप्त भएपछि मात्र शर्मालाई निलम्बन गर्न सकिने प्रदेश सभामुख रामचन्द्र मण्डलले बताए । जिल्ला अदालतको फैसला आएदेखि शर्मा फरार छन् । शर्मा फरार अवस्थामा रहे पनि उनलाई लोसपाले संसदीय दलको नेताबाट हटाएको छैन ।
शर्मा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा १ बाट मधेश प्रदेशमा दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्रीसमेत थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds