2024-05-06

Close

काठमाडौं । थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाटै बच्चा चोरी भएको छ ।

काभ्रेपलाञ्चोक चौरीदेउरालि गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको छोरीलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन् ।

ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगि फरार भएको प्रहरी जनाएको छ ।

बच्चा चोरी गरेर भाग्ने महिलाको प्रहरीले व्यापक खोजतलास गर्दैछ । ‘बच्चा चोरी’ भएको सूचना पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ ।

एकजना महिलाले बच्चा चोरेर लगेको सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

थापाथलीस्थित अस्थायी प्रहरी बिटमा गएर सुराकले प्रहरीलाई खबर गरेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds