2024-05-03

Close

जनकपुरधाम । गत १ फागुनमा प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गर्यो । जसमा मधेश प्रदेशको तीन जिल्लाबाहेक सबै जिल्ला प्रमुख परिवर्तन भए ।

मधेश प्रदेशमा आठवटा जिल्लाहरु पर्छन् । पर्सा, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला मधेश प्रदेशभित्र अवस्थित छ । यी जिल्लाहरु प्रहरी मापदण्डअनुसार‘क’श्रेणीमा पर्दछ ।

त्यसैले पनि मधेश प्रदेशको जिल्लामा इन्चार्ज भएर जान अधिकांश एसपीहरु मरिहत्ते गर्छन् । अति संवेदनशील मानिने मधेशका आठवटै जिल्लाले छिमेकी मुलुक भारतलाई छोएको छ । जसले गर्दा एसपीहरुको नजर यी जिल्लाहरुमा पर्छ ।

पछिल्लो समयको सरुवा सूचीमा पर्सामा कुमोद ढुंगेल, सर्लाहीमा दयानिधी ज्ञवाली, धनुषामा मित्रबन्धु शर्मा, महोत्तरीमा श्याम कुमार राई र सिरहामा सन्तोष आचार्य परे । उनीहरु संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

त्यस्तै बारामा सुरेश काफ्ले, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ र सप्तरीमा गजुसिद्धी बज्राचार्य छन् । उनीहरु विगत ५ महिनादेखि ती जिल्लाको कमाण्ड गर्दै आइरहेका छन् । समग्रमा उनीहरुको पाँचमहिने कार्यकाल विवादरहित छ ।

कुमोद ढुंगेल, पर्सा प्रहरी प्रमुख
एसपी भएपछि ढुंगेलको पहिलो इन्चार्ज हो, तराईको महत्वपूर्ण मानिने पर्सा जिल्ला । त्यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको सूचना अधिकारी भएर जिम्मेवारी वहन गरेका ढुंगेल संगठनमा खरो अधिकारीको रुपमा चिनिन्छन् ।

‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा समेच चर्चित एसपी ढुंगेलले विशेष गरेर अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेर आफूलाई अब्बल साबित गरेका छन् । अपराध नियन्त्रण र गुण्डाहरुलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् ।

सुरेश काफ्ले, बारा प्रहरी प्रमुख
काफ्लेको एसपीमा बारा जिल्ला दोस्रो इन्चार्ज हो । यसअघि एसपी काफ्ले जिल्ला प्रहरी कार्यालय दाङको सफल कार्यकाल निर्वाह गरेका छन् । अनुसन्धानमा अब्बल काफ्ले आफ्नो कर्तव्यबाट कहिल्यै पनि पछि नहट्ने प्रहरी अधिकृत हुन् ।

प्रहरी संगठनमा राम्रो छवि बनाउन सफल एसपी काफ्लेले विभिन्न महत्वपूर्ण स्थानमा रहेर उल्लेख्य काम गरेका कारण अधिकांश हाकिमहरुको रोजाईमा समेत पर्ने गरेका छन् । एसपी काफ्ले कमाण्ड कन्टोलमा अब्बल मानिन्छन् ।

दयानिधी ज्ञवाली, सर्लाही प्रहरी प्रमुख
एसपी ज्ञवालीको पनि सर्लाही जिल्ला दोस्रो इन्चार्ज हो । यसअघि जिल्ला प्रहरी कार्यालय बागलुङको सफल कार्यकाल पूरा गरी राम्रा कामहरुबाट चर्चामा आएका एसपी ज्ञवाली कमाण्ड कन्टोलमा अब्बल मानिन्छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न अपराधहरुको गहिराईसम्म पुगेर अनुसन्धान गर्ने एसपी ज्ञवालीले समेत प्रहरी संगठनमा राम्रो छवि बनाएका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका ज्ञवाली संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

काम र एक्सनमा बिश्वास गर्ने उनी प्रचार-प्रसार र मिडियामा भने कमै मात्रमा छाउँछन् । जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा आफूले मूलतः तीनवटा बिषयलाई बिशेष प्राथमिकता दिएर काम गर्ने उनी बताउँछन् ।

ती कामहरु हुन्, पहिलो अपराध नियन्त्रण र अनुसन्धान, दोस्रो तस्करी र चोरी निकासीको नियन्त्रण र तेस्रो जनचाहना अनुरुपको प्रहरी सेवा ।

श्याम कुमार राई, महोत्तरी प्रहरी प्रमुख
एसपी भएपछि राईको पहिलो इन्चार्ज हो जिल्ला प्रहरी कार्यालय, महोत्तरी । अपराध अनुसन्धानमा अब्बल र काबिल प्रहरी अधीकृतको छबी बनाएका राई संगठनमा खरो अधिकृतका रुपमा चिनिन्छन् ।

प्रचारप्रसारमा भन्दा बढी काम गर्न रुचाउने एसपी राई प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ । कमाण्डिङ क्षमतामा राई अब्बल मानिन्छन् ।

मित्रबन्धु शर्मा, धनुषा प्रहरी प्रमुख
२३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका एसपी शर्मा प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन् । उनले आफ्नो कार्यकालमा विवादरहित काम गरेका छन् ।

प्रहरी संगठनभित्र गुमनाम जस्तै एसपी शर्मालाई हालका प्रहरी नेतृत्वले धनुषा जस्तो संवेदनशील जिल्लाको कमाण्ड दिएका हुन् । सबैको गुनासो सुन्ने अधिकृतको रुपमा चिनिएका एसपी शर्मा संगठनको हितमा काम गर्ने अधिकृत हुन् ।

सन्तोष आचार्य, सिरहा प्रहरी प्रमुख
आचार्यको समेत एसपीमा जिल्ला प्रहरी कार्यालय, सिरहा पहिलो इन्चार्ज हो । संगठनमा अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका आचार्य कसैको त्रास र आसमा नबस्ने अधिकृत हुन् ।

अपराध अनुसन्धानमा दख्खल राख्ने आचार्य प्रहरी संगठन र नेतृत्वको कुरामा सधैं अडिग रहन्छन् । छिट्टै अरुलाई विश्वास गर्ने उनी शालिन र भद्र स्वभावका प्रहरी अधिकृत हुन् ।

महेन्द्र कुमार श्रेष्ठ, प्रहरी प्रमुख रौतहट
एसपी श्रेष्ठ मधेस प्रदेशको सबैधन्दा बढी धेरै आपराधिक गतिविधि हुजे जिल्ला रौतहटको कमाण्डमा छन् । संगठनमा इमान्दार प्रहरी अधिकृतको छवि बनाएका श्रेष्ठ प्रचारप्रसारमा भन्दा बढी काममा ध्यान दिने गर्छन् ।

कर्मचारीको बनोबल उच्च राख्ने एसपी श्रेष्ठ प्रहरीको व्यवहार राम्रो भए कसैले पनि केही गर्न नसक्ने भन्दै काम गर्न प्रेरित गर्ने अधिकृत हुन् । सहभागितामूलक नेतृत्व लिने क्षमताका श्रेष्ठ अपराध अनुसन्धानमा समेत अब्बल छन् ।

गुजुसिद्धी बज्राचार्य, प्रहरी प्रमुख सप्तरी
प्रहरी संगठनमा कर्म सुनिने नाम हो, गुजुसिद्धी बज्राचार्य । तर, उनले एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीको कमाण्ड गरिरहेका छन् । संगठनमा उनी इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

सबैको गुनासो सुन्न सक्ने क्षमताका एसपी बज्राचार्य व्यवसायीक प्रहरी अधिकृत हुन् । प्रहरी संगठनका राम्रो छवि बनाउन सफल एसपी बज्राचार्य कसैको आस र त्रासमा बस्न नहुने बताउँछन् । त्यसैले उनको कार्यकालसमेत विवादरहित छ ।

यी आठ एसपीले प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको अडानमा मधेश प्रदेशका जिल्लाहरु कमाण्ड गर्ने अवसर पाएका हुन् । यता, आईजीपी कुँवरले समेत प्रहरी मापदण्डअनुसार सरुवा हुनुपर्ने अडान राख्दै आएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds