2024-05-05

Close

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको बताउनु भएको छ ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठाले आयोजना गरेको महाकवी बिद्यापतिकृत कथासंग्रह पुरुष–परीक्षा मुल संस्कृतीको नेपाली संस्करणको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘सुन तस्करी प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सत्ता पक्ष सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ, ओलीले भन्नुभयो,‘अर्थतन्त्र यस्तो भइसक्यो । सुन तस्करी गर्ने–गराउने आफूहरु, अनि कसैलाई छाड्दिनँ भनेर फाईंफुईं गर्ने ?’

उहाँले सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा पनि सरकारको आलोचना गर्नुभयो । ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो ? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी ? दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ?, ओलीले भन्नुभयो,‘अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ ।’

उहाँले बर्तमान सरकार अत्यन्तै गलत बाटोमा गएको र मुलुक बर्वाद पार्न उद्धत रहेको पनि बताउनु भयो । अध्यक्ष ओलीले सत्तारुढ कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मातिर हेर्दै यस्तो प्रश्न राख्नुभएको थियो । न्युज जनता टाइम्सबाट 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds