2024-05-10

Close

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा मादकपदार्थ सेवन गरेर सवारी चलाएका कारणले दुर्घटनामा वृद्धि भएपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसमा कमी ल्याउन लागि प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. केदार खड्काले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज आइतबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका छन्  ।

कार्यक्रममा मुख्यमन्त्री यादवले प्राप्त भएका ब्रेथलाइजर मेसिन मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेललाई हस्तान्तरण गरे ।

सडक सुरक्षाका लागि उपयोगी ती ब्रेथलाइजर मेसिन आवश्यकताका आधारमा मधेश प्रदेशका ८ वटा जिल्लामा चेक प्वाइन्ट तोकेर हस्तान्तरण गरिने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री यादवले प्रहरीलाई प्रदेशमा शान्ति सुरक्षा तथा सडक सुरक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका साधनस्रोत उपलब्ध गराउनका लागि प्रदेश सरकार तयार रहेको बताए ।

उनले ट्राफिक प्रहरीले मान्छेको जीवनरक्षाका लागि जाँच गर्नुका साटो बढी राजश्व सङ्कलन गर्नका लागि जाँच गरेको पाइएको गुनासो गरे ।

उनले मधेशका जनतालाई सवारीचालक अनुमतिपत्र पाउनमा कुनै कठिनाइ नहोस् भन्नका लागि प्रदेशका ८ वटै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरेर चालक अनुमतिपत्र पाउने योग्यता तथा क्षमता भएकालाई दिनुपर्ने पक्षमा प्रदेश सरकार रहेको भन्दै  यसका लागि ट्रायल सेन्टरहरूमा सेन्सर जडान गर्ने गरी सरकार अगाडि बढेको बताए ।

मुख्यमन्त्री यादवले आफू मुख्यमन्त्री भए पनि प्रदेशमा शान्ति सुरक्षासँग सम्बन्धित कतिपय विषयमा जानकारी नहुने गरेको उल्लेख गर्दै प्रहरीले आफूहरूसँग समन्वय नगरेको गुनासो गरे ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले मधेश प्रदेशमा रहेको बढ्दो सवारी दुर्घटनालाई न्युन गर्नका लागि प्रदेश सरकारले सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए ।

उनले विश्वस्वास्थ्य सङ्गठनले प्रदान गरेका ब्रेथलाइजर मेसिनबाट दुर्घटना न्युन गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

मधेश प्रदेशका जिल्लाहरूमा चालु आर्थिक वर्षको हालसम्म भएका सडक दुर्घटनामा परेर २ सय ५५ जनाको मृत्यु भएको छ भने गत आर्थिक वर्षमा ५ सय ४६ जनाको मृत्यु भएको थियो  ।

चालु आर्थिक वर्षमा ५ हजार ७४ सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गत वर्ष ९ हजार ६ सय ७२ जना घाइते भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds