जनकपुरधाम । आगामी संसदीय चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नेता कमलदेव यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
केपी ओली नेतृत्वको एमाले पार्टीमा सक्रिय रहँदै आएका यादवले आगामी संसदीय चुनावमा प्रदेश सांसदको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य समेत रहेका कमलदेव यादव धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मलहनिया स्थायी निवासी हुन् ।
२०४५ सालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका ५२ बर्षिय यादव विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । उनी २०५४ सालमा स्थानीय तहको चुनावमा एमाले पार्टीबाटै गाविस उपाध्यक्षका उम्मेदवार थिए ।
२०६४ सालदेखि २०७८ सालसम्म एमालेको धनुषा जिल्ला कमिटि सदस्य रहँदै आएका कमलदेव यादवले नेकपा एकिकरणको बेला उनी केन्द्रीय सदस्य भएका थिए ।
जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ ।
विदेह नगरपालिकामा एमालेको बलियो पक्कड रहेको छ । यादवले प्रदेश सांसदको लागि पहिलेदेखि नै माईन्डमेकअप गरेको बताए ।