2024-05-02

Close

वीरगंज २९ चैत्र ।भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीको छात्रावासको खानामा किरा, झिंगा, मुसा भेटिएको सन्दर्भमा यस अनलाईन लगायत दर्जनौं मिडियाहरुमा समाचार प्रकाशन भए पछि पारुलमा पढने विद्यार्थीहरुको अभिभावक तथा शिक्षाविद्धहरुमा व्यापक चर्चाको विषय बनेको छ ।
पारुल युनिभर्सिटीको व्यवस्थापन कमजोर रहेकोले छात्रावासमा बसेका विद्यार्थीहरु गलत क्रियाकलाप गर्दै गरेको, बिमल, तुलसी लगायतका गुटखाहरु खाने गरेको यस अनलाईनलाई प्राप्त एक भिडियोमा प्रष्टै देखिन्छ । पारुलको खाना मानविय खाना नरहेको र व्यवस्थापनको लापरवाहीका कारण छात्र–छात्राहरु अध्ययन भन्दा बढी समय ठट्टा गरेर बिताउने गरेकोले नेपालमा सो युनिभर्सिटीलाई रोक लगाउन शिक्षाविद्धहरुको भनाई रहेको छ ।
नेपालबाट पारुलमा एच.ए. पढन गएका विद्यार्थीहरुलाई त्यहाँ सिएमए पढाउने गरेको र छात्रावासको खानामा झिंगा, किरा, मुसा भेटिएको र आफुहरुलाई भने अनुसारको सुविधाहरु नपाएको भन्दै करिब दुई महिना समय बिताएर भागेर आएका ५ जना पिडित विद्यार्थीहरुले पारुलको पोल खोल्दै आफुहरु ठगीमा परेको स्थानिय प्रहरी प्रशासनमा सामुहिक रुपमा निवेदन दिएका थिए । सो निवेदन माथि जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल हुँदा पिडक नेसेन्ट एजुकेशन फाउन्डेसन प्रा.लि.ले आफ्नो गल्ती स्विकार गर्दै पिडित विद्यार्थीहरुलाई रकम फिर्ता गर्ने सहमति गरेर प्रहरीबाट उन्मुक्ति पाएका थिए ।
पारुलमा पर्सा, बारा, रौतहटका विद्यार्थीहरुलाई भर्ना गराउने आधिकारिक ठेक्का लिएका नेसेन्ट एजुकेशन फाउन्डेसन प्रा.लि. वीरगंजले विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राख्दै आफ्नो दुनो सोझ्याउने गर्ने गरेको बताईन्छ । वीरगंज घण्टाघर लिंकरोडमा स्थित नेसेन्ट एजुकेशनका सञ्चालक रंजित पडित, सह–सञ्चालक अजित चौरसिया र अन्य सहयोगीहरुले नेसेन्टको नाममा ठगी गर्दै गरेको र पारुल युनिभर्सिटी लगायत अन्य युनिभर्सिटीको नाममा नक्कली सर्टिफिकेट पनि बनाउने गरेको समाचार स्रोतको कथन रहेको छ ।
पिडित विद्यार्थीहरुले दिएको निवेदन, पारुलको छात्रावासको खानामा भेटिएको झिंगा, किरा र मुसाको फोटो, भिडियोको प्रमाणको आधारमा समाचार प्रकाशन हुँदा नेसेन्टका सञ्चालक रंजित पडितले गत आईतवार एक भाडाका तथाकथित पत्रकार बोलाई मनगडन्ते कुरा राखी विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राख्ने प्रयास गरेका थिए । सो को भोलिपल्ट पुनः दर्जनौं मिडियाहरुले अभिभावक र विद्यार्थीहरुलाई सचेत गराउदै शिक्षा माफिया रंजित पडितको कालाकर्तुतहरुको उजागर गरेको थियो ।
उजागर भए पश्चात फेरी लाजैशर्म नभएका त्यही भाडाका तथाकथित पत्रकारलाई नेसेन्टका सह–सञ्चालक अजित चौरसियाले बुधवार बोलाई विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राख्दै पारुलको व्यवस्थापन राम्रो रहेको दाबी गरेका थिए । समाजिक सञ्जाल फेसबुकको एक पेजमा हेरिएको सो भिडियोमा कथित प्रस्तोतालाई प्रश्न सोध्नै नआउने र जवाफ दिने चौरसियालाई बोल्नै नआउने प्रष्ट देखिन्छ । पत्रकारिता समाजको ऐना हो, जे यथार्थ कुरा हुन्छ, पत्रकारले त्यही कुरा पस्केर जनतालाई सुसुचित गराउनु पर्ने हुन्छ । तर वीरगंजमा नामधारी र कार्डधारी तथाकथित केही पत्रकारहरुको कारण सिंगो पत्रकारिता जगत नै बदनाम हुदै गईरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
ती तथाकथित पत्रकारले दर्जनौ मिडियामा आएका समाचारहरु प्रमाण सहित रहेको हेरे पनि शिक्षा माफिया रंजित पडितको तलुवा चाटन उनको कार्यालय पुगेर पडितलाई चोख्याउने प्रयास गरेका थिए । पत्रकारिताको खोल ओढेर दिनलाई रात र रातलाई दिन भन्दै आफ्नो जिविकोपार्जन गर्दै आएका त्यस्ता भुस्याहा कथित पत्रकारहरुको कारण पाठकवर्गहरु आजित भईसकेका छन् ।
नेसेन्ट एजुकेशनका ठगहरुले त्यस्ता दुई चार जना भुजापकौडीमा विकाउने खाले पत्रकारहरुलाई आफ्नो चाप्लुसी र दलाली गराएर नेपालका सयकडौं विद्यार्थीहरुको भविषय सँग खेलवाड गरिरहेकोमा वीरगंज महानगरपालिका, स्थानिय प्रहरी प्रशासन लगायतका नियमनकारी निकायले छानबिन गरी यथाशिघ्र कारवाही प्रक्रिया अगाडि नबढाउंदा थप विद्यार्थीहरु ठगिने सम्भावना बढी रहेकोले शिक्षाविद्धहरु चिन्तित देखिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds