2024-05-21

Close

जलेश्वर । महोत्तरी जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन सीमा व्यवस्थापन लगायतका जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । सोमवार जलसागर स्थित गणको कार्यालयमा आयोजित बार्षिकोत्सव विशेष कार्यक्रममा गण तथा गण मातहतका कार्यालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्ण, जलेश्वर नगरपालिका प्रमुख सुरेश शाह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको विशिष्ट अतिथिको रूपमा उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथिहरुले गणको नाम अंकित केक काटी , बेलुन उडाई गणको स्थापना दिवसको शुभकामना दिनुभएको थियो । जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय र भन्सार कार्यालयका प्रमुखहरु उपस्थित हुनुभएको कार्यक्रममा जलेश्वर उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ, महोत्तरीका प्रनिनिधीहरुको पनि उपस्थिति रहेको थियो । विशिष्ट अतिथिहरुले गणले १७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको खेलकुद, हाजिरी जवाफ तथा दौडमा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख अतिथि डिआईजी दीपेन्द्र शाहले गण तथा मातहत कार्यालयमा उत्कृष्ठ कार्य गर्ने १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो भने सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने तीन जना व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो । पूर्व सशस्त्र प्रहरीहरु समेत उपस्थित उक्त कार्यक्रममा यस आर्थिक वर्षमा अनिवार्य अवकास प्राप्त गर्नुभएका डिएसपी गणेश कुमार सिंहलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । गणमा कार्यरत कर्मचारीहरुले सांकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गणको स्थापना दिवसको शुभकामना दिँदै जिल्लाभर खटिएका सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभयो । उहाँले केही वर्ष अगाडिसम्म सशस्त्र प्रहरीको युनिट स्थापना गर्न जग्गा नदिने सर्वसाधारणहरुले हाल सुरक्षाको महत्व बुझी ठाउँ ठाउँमा सशस्त्र प्रहरीको युनिट स्थापना हुनुपर्ने माग गरिरहेको बताउनुभयो । सीमा इलाकामा हुने तस्करी नियन्त्रणमा अपेक्षित उपलब्धि हाँसिल गर्न जिल्लामा सशस्त्र प्रहरीको संख्या बढाउनुपर्ने पनि गेलालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डिआईजी दीपेन्द्र शाहले गणको स्थापना दिवसको शुभकामना दिँदै नागरिकहरुको मानव अधिकारको सम्मान गर्दै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक रूपमा परिचालित हुन मातहतका अधिकृत तथा जवानहरुलाई निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरी बल नं. ९ गण लगायत मधेश प्रदेशका अन्य इकाईहरुको मेहनत तथा उच्च स्तरको कार्यसम्पादनका कारण नं. २ छिन्नमस्ता बाहिनीलाई यस वर्षको उत्कृष्ट बहिनीको रूपमा प्रधान कार्यालयले पुरस्कृत गरेको बताउनुभयो ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले कार्यक्रमका अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । धन्यवाद मन्तव्यको क्रममा गणपति केसीले चालू आर्थिक वर्षको वैशाख १६ गतेसम्म नं. ९ गण तथा मातहतका कार्यालयहरूबाट ५ करोड ७२ लाख ३० हजार रुपैयाँ बराबरका अवैध सामानहरू बरामद गरेको, विभिन्न प्रलोभनमा पारी भारततर्फ लैजान लागिएका १६ जना व्यक्तिहरूलाई सीमा इलाकाबाट उद्दार गरेको, ११६ वटा विपदका घटनाहरुमा परिचालित भएको साथै रक्तदान, सरसफाई, प्रतिक्षालय निर्माण र जनचेतनामूलक कार्यक्रमहरु मार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरेको र आगामी दिनहरुमा समेत यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिइने बताउनुभयो ।
२०६४ साल वैशाख १७ गते सीमा सुरक्षा कार्यालय महोत्तरीको नामबाट जलेश्वर नगरपालिकाको खानेपानी कार्यालयमा स्थापना भएको कार्यालय २०६८ सालमा मटिहानी नगरपालिका वडा नं ९ जलसागरस्थित आफनै भवनमा सरेको थियो भने २०७५ सालबाट सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर नामाकरण भई महोत्तरी जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, विपत व्यवस्थापन , सीमा सुरक्षा, लोकमार्ग सुरक्षा, हूल तथा दंगा व्यवस्थापन, रेलवे सुरक्षा, कारागार सुरक्षा लगायतका जिम्मेवारीहरूमा परिचालित हुँदै आइरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds