2024-04-19

Close

जनकपुर : प्रहरी संरक्षणमै गणेश युवा कमिटीको ‘भतार जब सलेन्सर छुवाबे’

जिल्लामा छुट छैन, यस उपर प्रतिबन्ध लगाइएको छ । अब गणेश युवा कमिटिले कसरी गरयो त्यो मलाई थाहा भएन, खै कहिले सुध्रिने हो यो समाज ?यसबारे छानबिन गर्छु ।” – CDO

जनकपुरधाम । जनकपुरको गणेश युवा कमिटिले गणेश पूजाको नाममा अश्लिल ओरष्केष्ट्रा नचाउँदा विवाद उत्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले महिला नर्तकी (भारतको विहारबाट भाडामा मगाइने नर्तकी), अश्लिल गीतमा नृत्य तथा समाजलाई अश्लिल हुने गरी कुनै प्रकारको कार्यक्रम गर्न प्रतिबन्ध लगाएपनि गणेश युवा कमिटिले विहिबार रातभरि आरेकेष्ट्रा नचाएका छन् । ओरकेष्ट्रा नचाउने क्रममा समान्य कुटपिट समेत भएको बताईएको छ । हालाकी, यस बारे जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषा बेखवर छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) रामेश्वर कार्कीले जनकपुरको जीरोमाईलमा नचाउँदै गरेको ओरकेष्ट्रा बन्द गराएको दाबी गरेका छन् । यता जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा मात्र रहेको रामचोकमा रातभरी अश्लिल गीतमा ओरकेष्ट्रा र नृत्य हुँदा प्रहरी अनभिज्ञ रहेको बताइएको छ । यसबारे जिल्लाका सिडिओ प्रदीपराज कनेलले जिल्ला प्रशासन कार्यालय धनुषासँग कुनै प्रकारको त्यस्तो कार्यक्रम गर्न अनुमति लिनुपर्ने व्यवस्था भएपनि अनुमति नदिएको र नलिएको बताएका छन् ।

 

उनले भने, – “साँस्कृतिक कार्यक्रम गर्नको लागि कुनै प्रकारको अनुमति चाहिदैन, आफ्नो भेषभूषा, सभ्यता र सभ्य तरिकाले महिला पुरुष नृत्य गर्न सक्छन तर भाडामा ल्याएर पनि अश्लिल गीतमा नृत्य गर्ने, उच्छृंगल खाले नृत्य र गीत सँगीतमा डान्स गर्नेलाई धनुषा जिल्लामा छुट छैन, यस उपर प्रतिबन्ध लगाइएको छ । अब गणेश युवा कमिटिले कसरी गरयो त्यो मलाई थाहा भएन, खै कहिले सुध्रिने हो यो समाज ?यसबारे छानबिन गर्छु ।”

भोजपुरी भाषाको विभिन्न गीतहरु जो की मधेशी र मैथिली सँस्कृतिको लागि अश्लिल एवम् दोहारो अर्थको शब्दहरु प्रयोग गरी बनाएको गीतमा अश्लिल तरिकाले नृत्य समेत गरेपछि केही बेर विवाद पनि उत्पन्न भएको थियो । ओरकेष्ट्राकै क्रममा महाबीर चौकका श्याम साह उपर हातपात सहित मोबाईल समेत खोसिएको जनाइएको छ । त्यो क्रममा जानकी प्रहरी चौकीका सई राजदेव कुमार यादव समेत त्यही तैनाथ भएर ओरकेष्ट्रा हेरिरहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds