जनकपुर : सहकारीको ८० लाख रुपैयाँ लुट्ने २ युवक पक्राउ

जनकपुरधाम । जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर छन् ।
दुवैजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट लुटेको मध्ये १४ लाख ५३ हजार बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरका शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतो जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लगिरहेका थिए ।

बिज्ञापन

मोटरसाइकलमा आएका तीनजना हतियारधारीले जनकपुरधाम १९ थुमौनाबाट पेस्तोल देखाएर ८० लाख लुटेर फरार भएका थिए । घटना विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।