2024-05-03

Close

सिरहा । चाइना रेल्वे कम्पनीमा कार्यरत चिनियाँ नागरिक हु स्या छ्याङलाई डिभिजन वन कार्यालय सिरहा, लहानले पक्राउ गरी अनुसन्धान थालेको छ ।

महेन्द्र राजमार्ग विस्तारका लागि चाहिने बालुवा, गिटी उत्खनन गर्ने क्रममा वन कार्यालयले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका लहानका प्रमुख सुजितकुमार झाका अनुसार चिनियाँ कम्पनीले मापदण्ड विपरीत लहान नगरपालिकाको वडा नम्बर १५ स्थित खुट्टी खोलामा गिटी बालुवा उत्खनन गरिरहेको दुई वटा स्काभेटर र चालकलाई वन कार्यालयबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

दुई जना चालक पक्राउ परेपछि फिल्ड इन्चार्ज छ्याङ फरार थिए । उनलाई वन कार्यालयका वन रक्षकले मङ्सिर १५ गते लहानबाट पक्राउ गरेको थियो । उनलाई अहिले वन कार्यालयको हिरासतमा राखिएको प्रमुख झाले बताए ।

उक्त घटना अनुसन्धानका लागि अनुसन्धान अधिकारी तोकिएको छ । अनुसन्धानपछि आउने परिणामका आधारमा मुद्दामा जाने कि नजाने भन्ने निर्णय लिने झाले बताए ।

वातावरण अध्ययन बिना नै चिनियाँ कम्पनीलाई उत्खनन गर्न लहान नगरपालिकाले ठेक्का दिएको थियो । प्रमुख झाले नगरपालिकाले गरेको सम्झौता अनुसार प्रतिदिन २०१ घनमिटर बालुवा, गिटीमात्र उत्खनन गर्नुपर्नेमा चिनियाँ कम्पनीले डेढ घण्टामा ३९० घनमिटर गिटी, बालुवा उत्खनन गरेको बताए ।

वन नियमावली अनुसार गिटी, बालुवा उत्खनन गर्दा प्रतिघनमिटर ९ रुपैयाँ राजस्व बुझाउनुपर्छ तर नगरपालिकाले प्रति घनमिटर ६ रुपैयाँमा सम्झौता गरेको छ ।

त्यसैगरी, सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा सोही कम्पनीले उत्खनन गरिरहँदा त्यहाँ पनि चालकसहित गाडी नियन्त्रणमा लिइएको छ ।

धनगढीमाई नगरपालिकाको वन क्षेत्रमा पर्ने सर्रे खोलामा अवैध रुपमा जेसीबी प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा र ट्याक्टर चालक धनगढीमाइका राम कुमार यादव, अरविन्द कुमार यादव, रमन किशोर यादव, पुरुषोत्तम यादव, ईन्द्रजित महतो, बरियारपट्टी गाउँपालिका वडा नम्बर २ का संदिप कुमार महतो र नरहा गाउँपालिकाका फूल कुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds