2024-12-04

Close

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाले सोमबार साँझ ठूलो परिमाणमा काजु र किसमिस बोकेको ट्रक नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोक एरियाबाट सो सामान नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषा मातहतको सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले मधेश प्रदेश ०४–००१ख ०१७१ नम्बरको ट्रकमा राखेर भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई हजार एक सय किलो काजु र ५४० किलो किसमिस बरामद गरेको हो । बरामद काजु र किसमिस २३ लाख २६ हजार रुपैयाँबराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको ट्रकको मूल्य ३२ लाख २४ हजार रुपैयाँ कायम गरिएको छ ।

बरामद काजु, किस्मिस र ट्रक जनकपुर भन्सार कार्यालय धनुषामा भन्सार दाखिला गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर