2024-05-09

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ ।

सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ ।

निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुङ्गे पुल देशकै लामा भएको दाबी गर्नुभयो । उहाँका अनुसार महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे देशकै लामो थियो । त्यसको लम्बाई एक हजार ४५३ मिटर छ । अब यो पुल निर्माण भएसँगै यो झोलुङ्गे पुल देशकै लामो भएको उहाँले बताउनुभयो ।

सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भएको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको थियो । इन्जिनियर मण्डलले ठेक्का अवधिभन्दा छ महिना अगावै पुल निर्माणको कार्य सम्पन्न भएको जानकारी दिनुभयो । ठेक्का सम्झौता गरेर २०७९ असोज १ गतेदेखि निर्माण कम्पनीले काम सुरु गरेको थियो । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सकिएको उहाँले बताउनुभयो ।

पुल सञ्चालनमा आएपछि जनकपुर र सिरहा आवतजावत गर्न वर्षौँदेखिको समस्या हट्ने स्थानीय मुकेश शर्माको भनाइ छ । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उहाँले सिरहाबाट ३५ किलो मिटरको दूरीमा रहेको जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हट्ने जानकारी दिए ।

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षीत कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पमा निर्माण भएको झोलुङ्गे पुलको वरदान साबित भएको सो क्षेत्रका सर्वसाधारणको भनाइ छ ।

पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने अर्का स्थानीय बिन्दे मुखियाले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds