2024-09-18

Close

जनकपुरधाम : दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा पुनः उग्ररुप लिएको छ।

झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन्। एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिलासमेत गरी तीन जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

झडप थप उग्र हुन थालेपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सो वडामा निषेधाज्ञा जारी गरेका छन्। आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर