2024-12-12

Close

जनकपुरधाम । जसपा नेपालको महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भए । अध्यक्ष बाहेक १९ पदाधिकारी ८१ नेताको उम्मेदवारी परेको हो ।

उम्मेदवार धेरै भएकाले सहमतिको सम्भावना न्यून छ । चुनाव गराउँदा केहि ठूला नेता नेतृत्वमा नपुग्ने देखिन्छ । सहमति गराउन पनि र चुनावमा जान पनि नसक्ने अवस्था बनेको नेताहरू बताउँछन् ।

जसपा नेता तथा मधेशका सांसद रामअशिष यादवले चुनावमा जाने सम्भावना बढेको बताए । उनले भने, ‘सहमतिको सम्भावना छैन । चुनावमै जानुपर्ने अवस्था छ । चुनावबाट नेतृत्वमा नपुगेका नेतालाई पनि व्यवस्थापन गर्न सकिन्छ ।’

सबभन्दा बढी समस्या सह-अध्यक्ष र महासचिवमा देखिएको छ । एक सह-अध्यक्षका लागि तीन उम्मेदवार छन्, राज किशोर यादव, लालबाबु राउत र रकम चेम्जोङ । चुनावमा जाँदा राज किशोर र लालबाबुबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ । चेम्जोङ हार्न सक्छन् ।

स्रोतका अनुसार अध्यक्ष यादवले सह-अध्यक्षमा चेम्जोङलाई ल्याउन खोजेका छन् । उनले सबै नेता राखेर सहमतिको प्रयासमा लागेका हुन् । तर राज किशोर मान्न तयार छैनन् । उनी चुनाव गराउन अडान लिएका छन् ।

चेम्जोङ एमालेबाट अशोक राईसँगै जसपामा आएका थिए । धनकुटाका उनी ०६६ मा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए ।

अशोक राई पार्टी विभाजन गरेर जसपा गठन गर्दा पनि चेम्जोङ जसपा नेपाल छाडेनन् । त्यसैले उनलाई सह-अध्यक्ष बनाउनुपर्ने बाध्यता रहेको एक नेताले बताए ।

ती नेताले भने, ‘जसपा नेपाल मधेशी-पहाडी मात्रै होइन, सबै नेपालीको पार्टी हो । महाधिवेशनले यो सन्देश दिनुपर्छ । तर चुनाव भयो भने सबै मधेशी नेता मात्र नेतृत्वमा पुग्ने देखिन्छ । यो त ठीक होइन ।’ उनले सह-अध्यक्षसहित सबै पदमा सहमति जुटाएरै अगाडी बढ्दा राम्रो हुने पनि बताए ।

यस्तै दुई महासचिवका लागि ६ जना बोम बहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिष कुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ । तर विजय, रामकुमार र मनिषबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तीन उपमहासचिवका लागि १२ जना, ५ उपाध्यक्षका लागि २३ जना, एक कोषाध्यक्षका लागि ३ जना र ७ सचिवका लागि ३४ जना उम्मेदवारी दिएका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिले ९:३० बजेसम्मका लागि मनोनयन फिर्ता र मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म मतदानको तालिका निकालेको थियो । तर सहमतिको प्रयास चलिरहेकाले मतदानको समय अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर