2024-05-05

Close

जनकपुरधाम । धनुषा जिल्लाको श्री जनता नमुना मावि गिद्धा बेलापट्टिमा होस्टेल र क्यान्टीन संचालनमा आएको छ ।

दुर दराजबाट विद्यालयमा अध्ययन अध्ययापनको लागि आउने गरिब, विपन्न विद्यार्थीहरुले मोटो रकम तिरेर डेरा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै होस्टेल संचालनमा ल्याएको हो । यसको साथै टिफिन समयमा विद्यालय परिसरभन्दा बाहिर गएर खाजा खानुपर्ने बाध्यतालाई समेत अन्त्य गर्दै विद्यालयभित्रै क्यान्टीन संचालनमा आएको हो ।

सोमबार एक समारोहबीच विदेह नगरपालिकाका मेयर बेचन दास र प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहले होस्टेल (छात्रावास) र क्यान्टीन (चमेनागृह) को उदघाटन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् विदेह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राधेशश्याम गोईत (देवेन्द्र) को अध्यक्षता तथा नगर प्रमुख दासको प्रमुख आतिथ्यमा छात्रावास र चमेनागृहको उदघाटन गरिएको हो ।

शैक्षिक क्रान्तीमा नयाँ आयाम थप्दै समुदायिक विद्यालयमै सात्विक शिक्षा सम्भव छ भनेर प्रमाणित गरेर देखाएका विद्यालयका प्रधानाध्यापक पवन मण्डलले गरिव, विपन्न, पिछडिएका वर्ग समुदायका बालबालिकाहरुको सुविधालाई ध्यानमा राखी छात्रावासलाई मूर्तरुप दिन सफल भएका हुन् ।

“अब कुनै पनि बाहिरका गरीब विद्यार्थीहरुले ४÷५ हजारको घर भाडा तिरेर डेरा बस्नुपर्ने छैन। करीब पाँच सय छात्रहरुको वास वस्न सकिने सुविधा सम्पन्न छात्रावास सँचालन भएको छ । वाहिरका विद्यार्थीहरुलाई छात्रावासमा आउन सूचना समेत प्रकाशन भईसकेकोले समय मै फारम भरी छात्रावासमा बस्न सकिने व्यवस्था मिलाईएको छ ।”– प्रअ मण्डलले भने ।

प्रअ मण्डलले विद्यालय परिवारले विद्यालयमा नै संचालित निःशुल्क अंग्रेजी माध्यमको (प्योर वोर्डिङ् स्कुल) स्कूलमा आवासीय रुपमा आफ्ना वालवालिकाहरुलाई विद्यालयमा भर्ना गराउन सकिने बताए ।

छात्रावासमा बस्ने विद्यार्थीहरुलाई छात्रावासको आचार संहिता र दैनिक कार्यतालिकाको आधारमा तथा छात्रावासको वार्डेनको अनुशासनमा राखी पढाईने उनले बताए । प्रअ मण्डलले कुनै पनि नीजि बोर्डिँग स्कूलभन्दा उत्तम शिक्षा दिने वाचासहित विद्यार्थीहरुलाई नमाङ्कन गराउन अपिल गरे ।

मधेश प्रदेशको ८ जिल्लामध्ये धनुषाको श्री जनता नमुना मावि गिद्धा बेलापट्टि १ नम्बर नमुना विद्यालयमा पर्दछ । बहुमुखी अध्ययन अध्ययापनमा चर्चा हाँसिल गरेको यी विद्यालयमा हजारौँ विद्यार्थी छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds