2020-10-23

Close

जनकपुरधाम,१८ मंसिर ।महोत्तरीमा लागुऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरिएको छ । महोत्तरीको एकडारा गाउँपालिका–३ का २४ वर्षीय पप्पु कुमार मण्डल र रोशन मण्डललाई पक्राउ गरिएको हो ।

बुधवार बिहान महोत्तरीको जलेश्वर नगरपालिका–६ सानो धबौलिबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रोमेथाजाइन हाईड्रोक्लोराईड ईन्जेक्शन आई पि २ मिलिको ९८ पिस, बप्रेनोर्फिन इन्जेक्शन आई पि २ मिलिको १०० पिस, इन्ट्राजेपाम ट्याब्लेट ९००, डाईजेपाम ईन्जेक्शन आई पि २ मिलि १०० पिस सहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर