2024-12-14

Close

जनकपुरधाम । स्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको बौधिमाई नगरपालिका ७, बंकुलस्थित सीमा इलाकाबाट आज १४ लाख ८० हजार नेपाली रुपैयाँसहित भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर ७, जमुनिया बस्ने ३१ वर्षीय भारतीयलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जनाउनुभयो ।

थापाका अनुसार बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । उनले मोटरसाइकलको सिटमुनि लुकाएर ल्याउँदै गरेको नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका भारतीय र बरामद रुपैयाँ तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर