2024-03-29

Close

जनकपुरधाम । २०७८ सालको एसईई परीक्षामा सहभागी जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका एक छात्रले प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने संतोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेश प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेको स्कुलका सञ्चालक डाक्टर सोनु साहले जानकारी दिए ।

डा. साहले देशभरीमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक रहेको बताए । प्रवेशले मधेश प्रदेशभरिमै सर्वोत्कृष्ट नतिजा ल्याएको सञ्चालक साहले बताए ।

सञ्चालक साहले मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले A+, ७१ जनाले A, ७३ जनाले B+, ३५ जनाले B र ६ जनाले C+ ग्रेड ल्याएकोसमेत जानकारी दिए ।

त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मी कुमारी महतोले ३.८५ केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds