एक हिन्दू किशोरीलाई बेच्न लग्दै गर्दा बोर्डरबाट तीन मुस्लिम युवक पक्राउ, किशोरीको उद्धार

बिहार । पश्चिमी चम्पारणका तीन जना मानव तस्करको चंगुलबाट एक नाबालिग हिन्दू किशोरीलाई सुरक्षाकर्मी र स्वयंसेवी संस्थाको संयुक्त पहलमा सुरक्षित उद्धार गरिएको छ ।

सूत्रका अनुसार, मानव बेचबिखन विरोधी इकाई (AHTU) र सशस्त्र सीमा बल (SSB) का टोलीले प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण तथा स्वच्छ रक्सौल, बिहार (एनजीओ) सँगको समन्वयमा रक्सौल क्षेत्रमा खोजतलास अभियान चलाएका थिए । उक्त क्रममा मैत्री पुल नजिक भारतबाट नेपालतर्फ जाँदै गरेका पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमलाई एक नाबालिग किशोरीसहित नियन्त्रणमा लिइयो ।

बिज्ञापन

छानबिनमा तीनै जना मुस्लिम समुदायका रहेको र किशोरी हिन्दू समुदायकी भएको खुलेको छ । केही दिनअघि फरहानले सामाजिक सञ्जालमार्फत किशोरीसँग मित्रता गाँसेर विवाहको प्रलोभनमा पार्दै पोखरा हुँदै देहरादून लैजाने योजना बनाएका थिए । उनीहरू पहिले किशोरीलाई हाजीपुरबाट रक्सौल ल्याई वीरगञ्जस्थित साथीको होटलमा राखेर पछि भारत लैजाने तयारीमा थिए ।

किशोरीको परिवारले उनको बेपत्ता भएको उजुरी रामकृष्ण नगर प्रहरी चौकी, पटना, बिहारमा दर्ता गराएका थिए । उद्धारपछि किशोरीलाई परिवारसँग पुनः मिलाउन तथा अभियुक्तहरूमाथि कानुनी कारबाही अघि बढाउन तीनै जना तस्कर र पीडितलाई हरैया प्रहरी चौकी, पूर्वी चम्पारण, बिहारलाई जिम्मा दिइएको छ ।