सशस्त्र प्रहरी वीरगन्ज भन्सारद्वारा  ३१ लाख बढीको अवैध लत्ताकपडा लगाएतको सामानहरु पक्राउ

वीरगन्ज १० आषाढ
सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि ल्याएको विभिन्न किसिमको सामान ठुलो परिमाणमा पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भन्सारको मेन गेटको वरिपरिको ईलाकाबाट लत्ताकपडा , किराना सामान ऐप्पल कम्पनीको earbudr र स्मार्ट वाँचहरु बरामद गरेको छ।सशस्त्र प्रहरी भन्सारले भारतबाट भन्सार छलि गरि भित्राएको किराना सामान , कपडा, Apple Company को Earbuds र स्मार्टवाच तथा मोबाईलमा प्रयोग हुने बिभिन्न किसिमका समानहरु करिब ३१ लाख १८ हजार ९५० रुपैया बराबरको पक्राउ गरेको सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले बताए।
पक्राउ परेको लत्ताकपडा , स्मार्ट वाँच र किराना सामना लगाएतको विभिन्न सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी रिजालले जानकारी दिए।

बिज्ञापन