2025-07-10

Close

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबीच भएको झडपले उग्ररुप लिँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार झडपमा ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका हुन् ।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको छ ।

घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर