काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी पक्राउ परेका हुन् ।
गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका उनीहरुलाई ५० हजार डेनिस क्रोनरसहित पक्राउ गरीएको जनाइएको छ । यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने प्रहरीको भनाइ छ ।
विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने जनाइएको छ ।