नेपाल रेलको लिकमा चेपिएर एक युवकको दुवै खुट्टा गुम्यो

जनकपुरधाम । नेपाल रेल्वेको लिकमा परेर एक जनाको दुवै खुट्टा गुमेको छ ।

जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।

बिज्ञापन

रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११:२० बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।

रेलको लिक छेउबाट हिड्ने बाटो छ । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।

दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।