अप्पन जनकपुर
जनकपुरधाम : करेन्ट लागेर धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा आज सांझ दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।
मृत्यू हुनेमा लक्ष्मीनिया गाउपालिका ३ का बिन्दा दास र सोही ठाउका मनिराम यादव रहेको प्रहरीले जनाएको छ । भजन किर्तन गर्ने बेलामा माइकमा करेन्ट प्रवाह भएपछि उनी दुबै जनाको मृत्यू भएको छ।
घटनापछि किर्तन बन्द भएको छ । मृत्यू भएका दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।