2024-10-08

Close

जनकपुरधाम । साक्षरता दिवस मनाई रहँदा मधेश प्रदेशमा रहेका ८ जिल्ला र १३६ पालिका मध्ये कुनै पनि जिल्ला र पालिका पूर्ण रुपमा साक्षर हुन सकेको छैन । मधेश प्रदेशमा कूल जनसङ्ख्या ६१ लख ५६ हजार २ सय ८८ रहेको छ ।
मधेश प्रदेशमा कूल जनसङ्ख्याको ५० प्रतिशत भन्दा बढी जनसङ्ख्या निरक्षर रहेको छ । राष्ट्रिय जनगणना २०११ का अनुसार कूल जनसङ्ख्यामा ५०.५ प्रतिशत निरक्षर रहेको छ । देशको ६१ जिल्ला पूर्ण रुपमा साक्षर भएको वेलामा मधेशका सबै जिल्ला पूर्ण रुपमा साक्षर हुन सकेको छैन । मधेश प्रदेशमा ४९.५ प्रतिशत जनसङ्ख्या मात्र साक्षर रहेको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा उल्लेख रहेको छ ।
त्यसमा पनि महिलाको साक्षरता प्रतिशत ज्यादै न्यून रहेको छ । मधेश प्रदेशमा महिलाको साक्षरता दर ३८.९ प्रतिशत मात्र रहेको छ । पुरुषको साक्षरता प्रतिशत ६०.१ प्रतिशत रहेको छ । जिल्लागत रुपमा रौतहट जिल्लाको साक्षरताको अवस्था झनै कमजोर रहेको छ । रौतहट जिल्लामा कूल साक्षरता प्रतिशत ४१.७ प्रतिशत रहेको छ । त्यसमा महिलाको साक्षरता ३२.० प्रतिशत रहेको छ । त्यसपछि अर्को कमजोर जिल्लाको रुपमा महोत्तरी जिल्ला रहेको छ । महोत्तरीमा कूल साक्षरता प्रतिशत ४६.४ प्रतिशत रहेको छ । त्यसमा महिलाको साक्षरता प्रतिशत ४०.२ प्रतिशत र पुरुषको साक्षरता प्रतिशत ५६.५ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख रहेको छ ।
तेस्रोमा कम साक्षर जिल्लामा सर्लाही रहेको छ । सर्लाही जिल्लामा कूल साक्षरता प्रतिशत ४६.२ प्रतिशत रहेको छ । महिला साक्षरता ४६.६ प्रतिशत र पुरुष साक्षरता प्रतिशत ५५.८ प्रतिशत रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा सप्तरी देखि रौतहटसम्मको महिला साक्षरताको अवस्था दयनीय रहेको छ । साक्षरताको दृष्टिकोणमा मधेश प्रदेशको सप्तरी तथा पर्सा जिल्लाको अवस्था सन्तोष जनक रहेको छ । सप्तरी जिल्लामा कूल साक्षरता प्रतिशत ५४.५ प्रतिशत रहेको छ भने महिलाको साक्षरता ४२.६ प्रतिशत र पुरुषको साक्षरता प्रतिशत ६७ प्रतिशत रहेको छ ।
यसैगरि पर्सा जिल्लामा कूल साक्षरता प्रतिशत ५५.९ प्रतिशत रहेको छ । त्यसमा महिला साक्षरता ४३.९ प्रतिशत र पुरुषको साक्षरता प्रतिशत ६६.९ प्रतिशत रहेको तथ्याङ्क विभागको डाटामा उल्लेख रहेको छ । मधेश प्रदेशमा साक्षरताको अवस्था कमजोर हुनुमा यहाँका दलित तथा मुस्लिम वर्ग रहेको छ । ती वर्गको जनसङ्ख्यामा ३० प्रतिशत रहेको छ । दलितमा पनि मुसहर, डोम, दुसाध, हलखोर, तत्मा, चमार तथा मुस्लिम समुदायमा बढी निरक्षता रहेको मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले जनाएको छ ।
मधेशमा निरक्षताको अवस्था भयावह भएको र दिगो विकासको लक्ष्य हाँसिल गर्नका लागि प्रदेश सरकारले थप कार्यक्रम गर्न आवश्यक रहेको सामाजिक शास्त्रका शिक्षिका अनिता कुमारी झाको भनाई रहेको छ । सहस्राब्दी विकासको लक्ष्य अनुसार सन् २०१५ सम्ममा नेपाल पूर्ण रुपमा साक्षर हुनु पर्नेमा साक्षर नहुनुमा मधेश प्रदेश नै प्रमुख रहेको शिक्षिका झाले जानकारी दिनु भयो । यसै बीच मुख्यमन्त्री सतिश कुमार सिंहले साक्षरता दिवसको अवसरमा शुभकामना दिनु भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर