वीरगन्ज १६आईतबार
पर्साको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ। नेपाल–भारत सीमा क्षेत्रको पर्साको सदरमुकाम वीरगन्जको छपकैया र खल्लावा श्रिसिया लगाएतको अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको छ।नेपाल सरकारले सिमानाकामा हुने तस्करी नियन्त्रणको लागि पहिलो फेजमा २४घण्टा सशस्त्र प्रहरी र दोस्रो फेजमा नेपाल प्रहरी खटाएको छ।
२४ घन्टा दुबै प्रहरीको डियुटि हुदा हुदै पनि रातभरी ठुलो परिमाणमा तस्करी मौलाएको हो।प्रहरी उभिएकै ठाउँबाट तस्करी हुँदा पनि केही पनि नगरेको देखिन्छ। सशस्त्र प्रहरी प्रमुख एसपी राधेशयामको नियत साफ छ – तस्करी हुनै हुँदैन। तर युनिट इन्चार्जहरुको स्थानीय तस्करहरूसितको मिलेमतोमा निर्बाध रुपमा तस्करी भइरहेको छ।सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न अस्थायी बिओपी खडा गरेको छ। बिओपीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक उतम पौडेल हुन्। ईन्सपेकटर पौडेलको मिलेमतोमा छपकैया, भकुवा र खाल्वा श्रिसिया नाकाबाट निर्वाधरुपम तस्करीको लागि खोलिएका छन्। खल्वा सिर्सिया र ड्राईपोर्टको छेउबाट तस्करी भइरहेको छ। दुवै जनाको मिलेमतोमा ठुलो मात्रामा लत्ताकपडा , हाडयेवर, काजु , पेस्ट र रक्सीको नाका हुँदै निर्बाध रुपमा तस्करी भइरहेको छ।नेपाल प्रहरीका एसपी कुमोद ढुंगेलले तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। उनी आफू पनि तस्करी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने पक्षमा रहेको बताउँछन्।जिल्लाको कमान्ड सम्हालेको करिब ८ महिनामै तस्करी नियन्त्रण गर्न ढुंगेलले कुनै कसूर नछोडेको देखिएको छ । बोर्डर युनिटमा रहेको छपकैया चौकीका इन्चार्जको तस्कर संग आर्थिक कारोबार देखिएपछि केही दिन पहिला ईन्चार्जालाई जिल्ला तानि अरको ईन्चार्जालाई पठाएका छन्। तस्करी नियन्त्रण गर्न र राजस्व बढाउन ढुंगेलले निर्देशन दिँदै नयाँ युनिट इन्चार्ज खटाएका छन्। तर नयाँ इन्चार्जको जिम्मेवारी सम्हालेका युनिट प्रमुखले विना रोकावत तस्करी गराइरहेका छन्।यसै गरी सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी राधेश्याम धिमालले तस्करीमा नियन्त्रण गर्न निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत बिओपी श्रिसिया र ड्राईपोर्टको मिलोमतोमा रातीको समय मोटरसाइकल र साईकल प्रयोग गरि ठुलो मात्रामा तस्करी हुँदै आएका छन्।सशस्त्र र नेपाल प्रहरीका प्रमुखको मिलेमतो नभए पनि जिल्लामा तस्करी नियन्त्रण हुन नसकेको देखिएको छ।गत महिना पहिला तस्करी बढेपछि छपकैया सीमा प्रहरी चौकीका इन्चार्जलाई प्रहरी जिल्ला प्रहरी कार्यालयले तानेको छ। ईन्चार्जा लाई जिल्ला तानेपछि पनि तस्करी रोकिएको छैन।सशस्त्र प्रहरी बल बिओपी श्रिसियाको प्रमुख सशस्त्र प्रहरी निरीक्षक पौडेल संग तस्करीको बारेमा बुझदा तस्करीमा पुर्ण रुपले कडाई गरेको र मेरो एरियाबाट कुनै किसिमको तस्करी नभएको दाबी गरे।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।