2025-06-12

Close

जनकपुरधाम/जेष्ठ ५ गते । हामी एकजना जुझारु, समर्पित र प्रतिभाशाली पत्रकार सिबेन्द्र रोहिता यादवको प्रथम पुण्यतिथिमा उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दैछौं । ठीक एक वर्षअघि यही दिन, जनकपुरधामको थापा चौकमा भएको दु:खद सवारी दुर्घटनाले मधेशी पत्रकारिता क्षेत्रले एक उज्यालो तारा गुमायो ।

सिबेन्द्र रोहिता मकालु खबरका मधेश प्रदेश प्रमुख मात्र नभई राजधानी जनकपुर सञ्चालकका रूपमा पनि क्रियाशील हुनुहुन्थ्यो । सत्यका पक्षमा निर्भीकता, आमजनताको आवाजलाई मुखर बनाउने क्षमता, र विशिष्ट लेखनशैलीले उहाँलाई मधेशी पत्रकारितामा अलग पहिचान दिलायो । सामाजिक न्याय, राजनीतिक विकृति, र मधेशी समुदायका मुद्दा उहाँका लेखनका केन्द्रबिन्दु थिए ।

कम उमेरमै पत्रकारिता क्षेत्रमा विशिष्ट छवि बनाएका रोहिता युवापुस्ताका लागि प्रेरणाका स्रोत थिए । उहाँको विचार, व्यवहार र कार्यशैलीले थुप्रैलाई छुने र परिवर्तन गर्ने काम गर्‍यो । सरल, मिलनसार र इमानदार व्यक्तित्वले उहाँलाई जनमानसमा अत्यन्त प्रिय बनाएको थियो । जनताको बीचबाट उठेर पत्रकारिता गरेका रोहिताका समाचारहरू जनताको धडकन बोल्थे ।

आज उहाँ हामीबीच हुनुहुन्न, तर उहाँका शब्द, सोच र योगदान सधैं जीवित रहनेछन् । हामी उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारितामा देखाउनुभएको सत्यको यात्रालाई सम्झन्छौं ।

सिबेन्द्र रोहिताको असामयिक निधनले हामीलाई गहिरो शून्यता दिएको छ । तर , उहाँले देखाएको बाटो जुन सच्चाइ, निर्भीकता र जनउत्तरदायित्वमा आधारित थियो। त्यो बाटो हामी सबै पत्रकारका लागि प्रेरणाको दीप बनेर सदैव जलिरहनेछ ।

हार्दिक श्रद्धाञ्जली सिबेन्द्र रोहिता । तपाईं सधैं हाम्रो स्मृतिमा रहनु हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर