2025-05-04

Close

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतले नै मधेश प्रदेशको मुख्यमन्त्री फेर्न चाहेको बताएका छन् । मधेशमा जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार रहेको छ । सतिश कुमार सिंह जनमतको तर्फबाट अहिले मुख्यमन्त्री छन् । सतिशको भूमिका विवादास्पद देखिएको कारण राउतले उनलाई मुख्यमन्त्रीबाट हटाउन चाहेको नेता बस्नेतले बताए ।

सतिसले विभिन्न विद्रोही शक्तिहरुसँग मिलेर संविधान संशोधनको विरुद्धमा अभियान चलाउने भूमिका खेलेको, जनमत छाडेर महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीतिर जाने खोजेको कारण सिके राउतले उनलाई हटाउन खोजेको नेता बस्नेतको दाबी छ ।

‘अहिलेका मुख्यमन्त्री चाहीँ त्यति सफल हुनुभएन भन्ने कुरा आइरहेको छ । अहिलेका मुख्यमन्त्रीले मधेशका विभिन्न विद्रोही शक्तिहरुलाई समेटेर संविधान संशोधनविरुद्ध अभियान चलाउने भूमिका खेल्नुभएको छ भन्ने कुरा पनि आइरहेको छ । उहाँले सिके राउतको पार्टी छाडेर महन्थ ठाकुरको पार्टीमा जाँदै हुनुहुन्छ भन्ने कुरा पनि आएको छ । धेरै कुरा आएको, उहाँको छवि विवादित भइरहेको र सिके राउतले पनि उहाँलाई फेर्न चाहिरहेको बेलामा दलहरुको बीचमा समझदारी बनाएर फेर्न कुरा हो,’– उनले भने ।

मधेशमा अहिलेको आवश्यकताअनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बन्नसक्ने उनको संकेत छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर