2021-03-01

Close

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई १०१ किलोमा माला लगाएर स्वागत गरिएको छ ।

आइतबार जनकपुर विमानस्थलमा केपी शर्मा ओली नेतृत्वको नेकपाका युवाले झालाई स्वागत गरेका हुन् ।

झालाई युवा संघका केन्द्रीय उपाध्यक्ष संजिव झाको नेतृत्वमा युवाले स्वागत गरेका हुन् । स्वागतका क्रममा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा लगाएका थिए ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन् ।

झाको स्वागतार्थ प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा विमानस्थल पनि पुगेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर