2025-04-30

Close

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ अन्तर्गत मोनास्टिक स्कुलको गल्ली हुँदै रेल्वे निस्किने बाटोदेखि गंगाराम यादवको घरसम्मको क्षेत्रमा अब उज्यालोले झलमल्ल हुने भएको छ ।

राष्ट्रिय युवा संघ मधेश प्रदेशका अध्यक्ष लव अधिकारीले आफ्नै व्यक्तिगत लगानीमा उक्त क्षेत्रमा ७० वटा विद्युतीय बल्ब जडान गराएका छन् । स्थानीय बासिन्दाले लामो समयदेखि सो क्षेत्रमा अँध्यारोका कारण आवतजावतमा कठिनाइ भोग्दै आएका थिए । यस कार्यले स्थानीयवासीहरूमा उत्साह र सकारात्मक प्रतिक्रिया देखिएको छ ।

लव अधिकारीले जनताको आधारभूत आवश्यकतामा प्राथमिकता दिँदै आफू सदैव समुदायको सेवामा क्रियाशील रहेको बताउँदै आएका छन् । यस पहलमार्फत उनले नागरिकलाई सुरक्षित, व्यवस्थित र उज्यालो वातावरण दिन खोजेको जनाएका छन् ।

स्थानीय बासिन्दाहरूले अधिकारीको यो कार्यको खुलेर प्रशंसा गरेका छन् । विश्वसनीय स्रोतका अनुसार, लव अधिकारी अब आउने स्थानीय तह निर्वाचनमा जनकपुरधाम वडा नं. १ को वडाध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारीमा छन् । उनका समर्थकहरू यसलाई चुनावी तयारीको भागका रूपमा हेरे पनि, अधिकारी स्वयंले यसलाई सामाजिक सेवाको निरन्तरता मात्र भनेका छन् । उनले भने, मेरो प्राथमिकता सेवा हो । जनताले मप्रति विश्वास देखाए भने म वडाध्यक्षको जिम्मेवारी लिएर जनताको साथ रहनेछु ।

सडक बत्तीको व्यवस्था सँगै उनले अन्य विकासे काममा पनि लगानी गर्ने संकेत दिएका छन् । अधिकारीले सडक मर्मत, ढल व्यवस्थापन, शिक्षा र युवाहरूको स्वरोजगारका क्षेत्रमा काम गर्ने योजना बनाएको जानकारी दिएका छन् । यसरी उज्यालोले भरिएको उक्त क्षेत्र अब लव अधिकारीको पहलले मात्र होइन, सम्भावित नेतृत्वको एउटा उदाहरणका रूपमा पनि हेरिन थालेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर