2025-07-01

Close
डिएसपीले सई कुटे र इन्स्पेक्टरले हवल्दार कुटे, एसपीले गृहमन्त्रीकै अगाडि गुट्खा च्यापे

पछिल्लो समय प्रहरी संगठनमा अनुसाशनहिन प्रवृति बढ्दो छ । सिनियर प्रहरी अधिकृतहरु नै त्यस्ता गतिविधिमा तल्लिन देखिन्छन् ।

काठमाडौं । १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्व प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. केम केसीले सम्हाले । नक्सालमै कार्यरत डिएसपी केसीको १० वैशाखमा सरुवा भएपनि उनी पाँच दिनपछि डोल्पा हाजिर भएका हुन् ।

तर सरुवा भएको सात दिन नपुग्दै डिएसपी केसी विवादमा मुछिए । मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत एकजना प्रहरी नायब निरीक्षक (सई) लाई कुटपिट गरेको आरोप लागेपछि उनलाई १६ गते नै प्रधान कार्यालयले फिर्ता बोलायो ।

सई शैलेन्द्र कुमार रसाइलीलाई डिएसपी केसीले एक्कासी बोलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ । त्यसपछि उजुरी परेकोमा भोलिपल्टै उनलाई हेडक्वार्टर तानिएको हो ।

प्रहरी हेडक्वार्टरको आदेशपछि डिएसपी केसी सार्वजनिक बस चढी काठमाडौं हिँडेका थिए । घटना बाहिर आएपछि छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डिएसपी नारायण डाँगीको टोली डोल्पा पुगेर छानबिन सुरु गरेको थियो ।

डिएसपी डाँगी नेतृत्वको छानबिन टोलीले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाएको केही दिनमै पुनः डिएसपी केसीलाई डोल्पा प्रहरी नेतृत्वको जिम्मेवारीमा खटाइएको छ । यसले विवादास्पद डिएसपी केसीको पुनः फिर्तीले सुरक्षामाथि प्रश्नचिन्ह उठाएको छ ।

यस्तै बुधबार अर्को एउटा भिडिओ भाइरल भयो । जुन भिडिओमा बर्दीधारी प्रहरीले बर्दीधारी प्रहरीलाई नै कुटेको देखिन्छ । जसको चर्को आलोचना समेत भएको छ । प्रहरी प्रधान कार्यालयले समेत चासो राखेको छ ।

भिडिओमा कुट्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुन् भने कुटाई खाने प्रहरी सहायक हवल्दार । कुटाई खाने सहायक हवल्दार मदन खड्का प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने इन्स्पेक्टर जितेन्द्र साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।

बुधवार सार्वजनिक ठाउँ सडकमै इन्स्पेक्टर साहले प्रहरी सहायक हवल्दार खड्कालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । घटना पनि बुधबार दिउँसोकै हो ।

प्रहरीको चर्को आलोचनापछि सहायक हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । साहमाथि छानबिन सुरु भएको उनले बताए ।

इन्स्पेक्टर साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाइएको र अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने खनालले बताए ।

यस्तै प्रहरीकै अर्को भिडिओ पनि चर्चामा छ । गृहमन्त्री रमेश लेखक उपस्थित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमौरियाले लुकीलुकी मुखमा गुट्खा च्यापेको भिडिओ भाइरल भएको हो ।

गृहमन्त्रीले थाहा पाउँछन् कि भन्दै लुकेर उनले गुट्खा खाएको भिडियो नै सार्वजनिक भएको थियो । भिडिओमा उनले अरुले देख्छ कि भनेर गोजीबाट गुट्खा निकाले मुखमा च्यापेको देख्न सकिन्छ ।

यो घटनामा एसपी चिमोरियामाथि कारबाहीको माग उठेको छ । तर, उनीमाथि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढेको छैन ।

यसरी पछिल्लो समय प्रहरी संगठनमा अनुसाशनहिन प्रवृति बढ्दो छ । प्रहरीको आचरण र संगठन विपरीत काम गर्ने प्रहरीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यता प्रहरी नेतृत्वले बारम्बार संगठन विपरित काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिँदा पनि सिनियर प्रहरी अधिकृतहरु नै त्यस्ता गतिविधि गर्न पछि हटेका छैनन् ।

‘संगठन विपरीत काम गर्नेले सजाय पाउँछ,’ प्रहरी व्रवक्ता रमेश थापाले भने, ‘आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशासन भंग गरेको, आन्तरीक अनुशासन भंग गरेकाले कार्वाही गर्छौं र गरेका छौं पनि ।’

हामीले संगठन गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको प्रवक्ता थापाको भनाइ थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर