डा.सीके राउतद्वारा पूर्व–पश्चिम राजमार्ग बन्दको घोषणा

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि तराई मधेशका जिल्लाहरुमा पूर्व–पश्चिम राजमार्ग दिवाकालका लागि अनिश्चितकाल बन्द घोषणा गरेको छ ।

डा.राउतले एक विज्ञप्ति जारी गरी सरकारले किसानको मागहरुलाई बेवास्ता गरेकोले आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य भएको जनाएका छन् ।

बिज्ञापन

यस्तै, आजदेखि तराई–मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित हुने कार्यक्रमहरुमा विरोध प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ ।

किसान आन्दोलनको नाममा जनमत पार्टीले विभिन्न जिल्लाहरुमा बन्द हडताल र चक्काजाम गर्दै आएको छ ।