2025-05-29

Close

जनकपुरधाम । धनुषाको यदुकुहा ईलाका प्रशासन कार्यालयमा कार्यरत करार कर्मचारीको मिलेमतोमा फर्जी राहदानी (पासपोर्ट) र नागरिकता निर्माण भइरहेको भन्दै स्थानीयबासीहरुले गम्भीर आरोप लगाएका छन्।

सोमबार मधेशपत्रमा ‘धनुषामा फर्जी राहदानी फेला : प्रशासनमै लापरवाहीको आशंका’ शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीयहरुले मधेशपत्रसँग प्रतिक्रिया दिँदै यदुकुहाको प्रशासन कार्यालयमै गैरकानुनी कार्य भइरहेको बताएका हुन्।

“ईलाका प्रशासन कार्यालय यदुकुहामा कार्यरत करारका कर्मचारीहरुकै मिलेमतोमा फर्जी राहदानी र नागरिकता बनाउने काम भइरहेछ,” एक स्थानीयबासीले मधेशपत्रसँग भने, “ठूलो रकम लिएर दलालमार्फत सेटिङ मिलाउने र सोझासाझा नागरिकको नाममा कागजपत्र बनाइदिने गरेको छ।”

स्थानीयका अनुसार कार्यालयमा करारमा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी नै यस कार्यमा संलग्न छन्। ती कर्मचारीले पासपोर्ट तथा नागरिकता बनाउने प्रक्रियामा प्रत्यक्ष संलग्न रही सेटिङ मिलाउने गरेको आरोप छ।

उक्त कार्यालयमा राहदानी तथा नागरिकता सम्बन्धी सेवाका लागि आउने सेवाग्राहीले समेत कर्मचारी र दलालबीच घनिष्ट सम्बन्ध देखिएको बताएका छन्। स्थानीय प्रशासनले यस विषयमा छानबिन अघि नबढाउँदा फर्जी कागजपत्र बनाउने गिरोह झनै सक्रिय बनेको आशंका गरिएको छ।

यस विषयमा प्रक्रिया लिनको लागि ईलाका प्रशासन कार्यालय यदुकुहाका प्रमुख गणेश चन्द्र मिश्रसँग फोन गर्दा उहाँले फोन उठाउन अस्वीकार गरेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर