2024-04-20

Close

जनकपुरधाम । निरन्तर चर्चामा रहँदै आएको धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले पुनः एक चर्चात्मक कार्य गरेको छ ।

नगरभित्र रहेको समुदायिक विद्यालयका कर्मचारीहरुको तलब भत्तामा झेल गरेको भन्दै नगर शिक्षा सँयोजक (प्रमुख) धनेश्वर यादवलाई पदबाट हटाएका छन् ।

मेयर बरबरियाले नगर शिक्षा सँयोजकको भूमिका र जिम्मेवारी ईमान्दारी पूर्वक निभाउन नसकेको भन्दै सँयोजकको पदबाट यादवलाई आजैदेखि हटाएको जानकारी दिएका छन् ।

समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता आँशिक रुपमा पठाएको भन्दै बालविकासका शिक्षिकाहरु, कर्मचारीहरुले तलब भत्ताको माग गर्दै नगरपालिका अगाडी धर्ना दिएको थियो ।

बुधबार दिएको धर्नापछि मेयर बरबरियाले समस्या बुझदै शिक्षक शिक्षिकाहरुको तलब विहिबार नै उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका थिए । तर, शिक्षा सँयोजक यादवले कार्यालयको ल्यापटपसमेत आफूसँगै लगेर सम्पर्क विहिन भएपछि मेयर बरबरिया तुरुन्त एक्सन लिएका हुन् ।

संयोजकको जिम्मेवारी सम्हालेका धनेश्वर यादवको मोबाईलमा फोन नलाग्दा उनलाई १५ मिनेटको भित्रै एक पत्र लेखेर पदबाट हटाईएको जानकारी दिए । शिक्षा संयोजक यादवले विहिबार नै तलबभत्ता दिने सहमति गरेपनि उनी सम्पर्कभन्दा बाहिर गएपछि उनलाइ शुक्रबार दिउँसै मेयर बरबरियाले चिठ्ठी काटदै पदबाट हटाएको जनाएका छन् ।

शहिदनगर नगरपालिकामा शिक्षाको श्रोत व्यक्ति समेत रहेका धनेश्वर यादवलाई मेयर बरबरियाले कारवाही गर्दै उनलाई साबिककै ठाउँमा काज फिर्ता पठादिएका छन् ।

पत्रमा लेखिएको छः “नगरपालिकाको नगर शिक्षा समितिमा कार्यरत तपाई श्री धनेश्वर यादवलाई यस नगरपालिकाले दिएको कार्य जिम्मेवारी पूरा गर्न नसकेको तथा शिक्षा शाखा सँचालनमा लापरवाही गर्ने गरेको हुनाले आजकै मितिदेखि लागू हुने गरी तपाईलाई दरबन्दी रहेकै विद्यालयमा काज फिर्ता गरिएको व्यहोरा जानकारी गराईन्छ ।”

शुक्रबार नगरपालिका कार्यालयको चलानी नम्बर १६११ अनुसार उनलाई काज फिर्ता गरिएको भन्दै पत्राचार गरेको हो ।

नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र कार्यालय प्रमुख सत्रुध्न यादवको सँयुक्त हस्ताक्षर गरिएको पत्रमा उनलाई शिक्षा समितिको संयोजकबाट जिम्मेवारी खोसिएको उल्लेख छ ।

धनेश्वर यादवको दरबन्दी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित रहेको मावि कुम्हरौडामा रहेको छ । उनलाई पुनः सोही विद्यालयमा शिक्षकको रुपमा पठाइएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds