वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ।बुधबार बेलुका वीरगन्जको परवानीपुरबाट करिब ३१७ किलो चरेश पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो । पर्सा प्रहरी स्रोतका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो ।पक्राउ परेका स्याङ्तानलाई आवशयक कार्यबाहीको लागि लागूऔषध कसूरमा मुद्दा चलाउन तयारी भईरहेको प्रहरीले जनाएको छ।