
जनकपुरधाम । नेकपा (एमाले) धनुषा जिल्ला सचिव दीप नारायण (दिपन) ठाकुरले सुहाङ्ग नेम्वाङको विषय अहिलेको समय परिस्थिति र सम्पूर्ण नेपाली जनताको मागसँग जोडिएको बताएका छन् ।
समाजिक सँजालमा उनले एक वक्तव्य जारी गर्दै सुहाङ्ग नेम्वाङ युवाहरूको मात्रै होइन, समग्र देशको आवश्यकता बनेको उल्लेख गरे । “सुहाङ्ग नेम्वाङ युवाहरूको मात्रै होइन, अहिलेको समय परिस्थिति र सम्पूर्ण नेपाली जनताको माग हो,” ठाकुरले लेखेका छन् ।




उनका अनुसार यस विषयलाई सही ढंगले बुझ्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो । “यसलाई बुझ्न नसक्नु नेतृत्वको ठुलो गल्ती हो,” उनले थपे ।

ठाकुरले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशलाई ध्यानमा राख्दै जनताको भावना र मागलाई सम्बोधन गर्न नेतृत्व तहले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले युवाहरूको आकांक्षा र राष्ट्रको समग्र हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।
एमालेको कार्यवाहकमा रामबहादुर थापा बादललाई नेतृत्वको जिम्मेवारी दिएपछि जिल्ला सचिव ठाकुरले असन्तुष्टि जनाएका छन् ।