वीरगंज १२ जेठ
पर्साको कालिकामाईबाट प्रतिबन्धित लागुऔषध चरेश सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी आशवारीको संयुक्त टोली कालिकामाई वडा नम्बर १ स्थित रहेको नहरमा खटिएको चेकिङ्ग टोलीले शंकास्पदरुपमाआईरहेको BR22AT8498 नम्बरको मोटरसाइकल रुकी चेकजाँच गर्दे चालक कालिमाई वाड नम्बर १ का अनिल पासवानले ढाडमा पछाडि लुकाई छिपाई राखिएको २० प्याकेट प्रति ५० ग्रम गरि जम्मा १० किलो अवैध चरेश बरामद गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
पक्राउ परेका पासवान र मोटरसाइकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीयामा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।