बलात्कार आरोपमा मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । झामाथि एक बालिकामाथि बलात्कार गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

बिज्ञापन

यसअघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर गत जेठ महिनामा अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो ।

प्रहरीका अनुसार झामाथि थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गराइएको छ ।