2024-05-01

Close

विपिन कुमार यादव, जनकपुरधाम : जनकपुरमा विपक्षी गठबन्धनका युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध गरेको प्रदर्शनको प्रतिकारमा एमाले सम्बद्ध युवाहरु सडकमा उत्रिएपछि तनाव सिर्जना भएको छ ।

विपक्षी गठबन्धनका युवाहरु रेल्वे स्टेशनबाट र्याली निकालेका थिए। उनीहरु शिव चोकमा पुगेर कोणसभा गर्ने थाहा पाएपछि एमालेका राष्ट्रिय युवा संघका कार्यकर्ताले भानु चोकमा लखेट्ने प्रयास गरे । तर त्यहाँ ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले युवा संघका कार्यकर्ताहरुमाथि बल प्रयोग गरेर भएपनि रोकेका थिए ।

प्रहरीले टसमस हुन नदिएपछि युवा संघका कार्यकर्ता अन्य बाटो भएर जनक चोक पुगे । त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले । त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिव चोक पुगिसकेका थिए । उनीहरु प्रहरीको घेरामा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द,एमालेको माधव पक्ष सहित विपक्षी पाँच दलका २०/२५ जना युवाहरु मात्र प्रदर्शनमा सहभागी थिए । उनीहरुको प्रतिकार गर्न करिब एक सय बढी युवा संघका कार्यकर्ता उत्रेका थिए ।

युवा संघका कार्यकर्ताले जसपा अध्यक्ष उपेन्द्र यादव मुर्दावाद, सरकार विरुद्ध गतिविधि गर्न पाइदैन, स्थिर सरकार कायम गर, विखण्डनकारी मुर्दावाद,केपी ओली जिन्दावाद जस्ता नारा लगाएका छन् ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds