2024-04-28

Close

सिरहा । सिरहा नगरपालिका-१७ का स्व. शिक्षक रामाशिष गोईत यादवको स्मरणमा बालबालिकाका लागि नि:शुल्क ‘डिजिटल कक्षा’ ट्यूशन संचालन भएको छ ।

स्व. यादवका छोरा डा. कृष्ण कुमार यादवले बुवाको नामबाट प्रतिष्ठान (रामाशिष यादव प्रतिष्ठान) बनाएर डिजिटल कक्षा संचालनमा गरेका हुन् । शनिवार एक समारोहबीच नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले डिजिटल कक्षाको समुद्घाटन गरे ।

समुद्घाटन समारोहमा बोल्दै नेता  यादवले स्व. शिक्षक यादव सिरहा र धनुषामा शिक्षाको ज्तोती फैलाएको बताए । उनले भने, ‘उहां (रामाशिष) मेरो गुरु हुनुहुन्थ्यो । माओवादीको जनयुद्ध सफल पार्नमा पनि उहाँको ठूलो योगदान छ । उहाँको स्मरणमा डिजिटल कक्षा संचालन हुँदा खुशी लागेको छ ।’

स्व. शिक्षक यादवका छोरा डा. कृष्णले यहांका ९/१० कक्षामा पढ्ने विद्यार्थी पनि धेरै कमजोर रहेको थाहा पाएपछि डिजिटल कक्षा संचालन गरेको बताए । उनले भने, ‘बाहिरका विज्ञ शिक्षकबाट पनि पढाउन सजिलो होस् भन्ने उदेश्यले डिजिटल कक्षा सुरु गरेका छौं । यसलाई विस्तारै व्यबस्थित गर्दै लग्छौं ।’

उनले बुवाकै नामबाट यहां सुविधासम्पन्न एम्बुलेन्स पनि संचालनमा ल्याउने सोच रहेको बताए । ‘यदि समयमै अस्पताल पुर्याएको भए म बुवालाई सायद गुमाउनु पर्दैन्थ्यो,’ उनले भने, ‘यहां यस्तो एम्बुलेन्सको आवश्यकता छ, जुन एम्बुलेन्समा भेन्टिलेटर होस् । दक्ष चिकित्सक होस् । म यस्तै सुविधासम्पन्न एम्बुलेन्स संचालनमा ल्याउने प्रतिबद्धता जनाउँछु ।’

डिजिटल कक्षा समुद्घाटन समारोहमा माओवादी नेता तथा मधेशका पूर्व सांसद जगत यादव, मिर्चैयाका मेयर श्रवण यादव, धनुषाका माओवादी नेता श्रवण बरबरिया लगायतको उपस्थित थियो । उनीहरु पनि स्व. शिक्षक यादवप्रति श्रद्धाजली व्यक्त गर्दै योगदानको चर्चा गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds